- पुस्तक छापिनुपूर्व नै ISBN लिनुपर्नेछ ।
- त्रि.वि. केन्द्रीय पुस्तकालयको वेबसाइट www.tucl.org.np मा गई पहिलोपटक ISBN लिदा ISBN मा Click गरी Create an Account गर्नु पर्दछ । जसबाट login गर्नेको लागि User Name र Password उपलब्ध हुन्छ ।
- राप्त User Name र Password बाट Login गरी फाराम भर्नु पर्नेछ ।
- अनलाइन फाराममा स्पष्टसँग पुस्तकको शीर्षक, लेखकको नाम, प्रकाशकको नाम, पृष्ठसंख्या, मुल्य, सम्पर्क ठेगाना तथा फोन नम्बर अनिवार्य रुपमा हुनुपर्नेछ ।
- हरेक संस्करणको (कुनै पनि किसिमको संशोधन वा थपघट गरिएको भए) हरेक पटक अलग ISBN लिनुपर्नेछ ।
- Multi-Volume Set पुस्तक भए पुरै सेटको लागि एक र हरेक भोलुमको भिन्नाभिन्नै ISBN लिनुपर्नेछ ।
- हार्डकभर र सफ्टकभर गरी दुई वाह्य आवरणमा प्रकाशन हुने भए अलग–अलग ISBN लिनुपर्नेछ ।
- पुस्तक प्रकाशन पश्चात् ISBN Depository संकलनका लागि हरेक ISBN वापत २–२ (दुई–दुई) प्रति पुस्तक यस ISBN शाखामा बुझाउनु पर्नेछ ।
- पुस्तकमा शीर्षकपृष्ठ तथा कपिराइट पृष्ठ (प्रतिलिपि अधिकार पृष्ठ) अलग्गै राखिएको हुनुपर्र्नेछ ।
- गाइडबुक, प्रश्नोत्तर र अभ्यास पुस्तकलाई ISBN प्रदान गरिने छैन ।
- ISBN सामान्यतया फाराम बुझाएकै दिन उपलब्ध हुनेछ ।
- ISBN वापत लाग्ने शुल्क रु. ३००।– (तीनसय) त्रि.वि. केन्द्रीय पुस्तकालय (T.U. Central Library) को नाममा रहेको नेपाल वैंक लिमिटेड, कीर्तिपुरको खाता नं. ०४५००१०००९९१५३०००००१ मा दाखिला गरी बैंक भौचर वा अनलाइनबाट शुल्क दाखिला गरेको प्रमाण फारममा सङ्लग्न गर्नु पर्ने छ ।
- बैंक भौचर वा अनलाइनबाट शुल्क दाखिला गरेको पर्चीमा अनिवार्य रूपमा किताबको शीर्षक र लेखकको नाम लेख्नु हनु अनुरोध गर्दछौँ। सो बैंक भौचर तथा शुल्क दाखिला गरेको पर्चीको स्क्यान गरिएको फोटो प्रमाण फारममा सङ्लग्न गर्नु पर्ने छ।
- यदि प्रकाशक संस्था भएमा कम्पनीको दर्ता प्रमाणपत्र ईमेल मार्फत tucl.isbn@gmail.com मा अनिवार्य रूपमा पठाइदिनुहुन अनुरोध गर्दछु।
- ISBN (International Standard Book Number) System सँग आवद्ध भई गौरवान्वित हुनु भएकोमा यस त्रि.वि. केन्द्रीय पुस्तकालय यहाँप्रति बधाई ज्ञापन गर्दछु ।
E-Resources Available: Free Access from home
Dear Valued Library Users, Considering the current situation and valuable time of our library users , TUCL feels obliged to share some of the web links to browse through and get access to e-resources for free. TU Central Library E-resources Access Request Form...